२५ चैत काठमाडौँ । गण्डकी प्रदेशका सत्ता गठबन्धनका नेताहरूले सभामुखसहित मुख्यमन्त्रीमा दाबी पेस गर्ने भएका छन् । केन्द्रमा सत्ता समीकरण फेरिएसंगै गण्डकीका मुख्यमन्त्री सुरेन्द्र पाण्डेले राजीनामा दिएपछि नेकपा एमालेको नेतृत्वमा नयाँ सरकार गठनको तयारी भएको हो ।
एमाले संसदीय दलका नेता ले दाबी पेस गर्दैछन् ।नेकपा माओवादी केन्द्रबाट सभामुख बनेका कृष्ण धितालसमेतको हस्ताक्षरसहित मुख्यमन्त्रीमा दाबी पेस गर्न लागिएको हो ।
प्रदेश प्रमुख डिल्लीराज भट्टले दलहरूलाई यही चैत २७ गते ३ बजेभित्र दाबी पेस गर्ने समय दिएका थिए । सोही अनुसार एमालेले आज मुख्यमन्त्रीमा दाबी पेस गर्न लागेको हो ।