२५ चैत काठमाडौँ । सिराहामा हतियार देखाएर १५ लाख रूपैयाँ लुटेपाट गरेका छन् । आज आइतबार बिहान सिराहाको विष्णुपुर गाउँपालिकाको शिव मनी ट्रान्सफरका लागि अर्का बैंकबाट झिकेको पैसा लैजाँदै गर्दा बाटोमा १५ लाख रूपैयाँ पैसा दुई नकाबधारीले हतियार देखाएर लुटेको सिराहा प्रहरीले जनाएको छ।
उक्त पैसा पुरूषोत्तम यादवले लैजाँदेै गरेको जिल्ला प्रहरी कार्यालय सिराहाका डिएसपी मुक्तिनाथ सापकोटाले बताए । बीच बाटोमा हतियार देखाएर दुई जनाले रकम लुटेको प्रहरीसँग पुरूषोत्तम यादवले भनेका छन्। भारतीय नम्बर प्लेटको मोटरसाइकलमा चोरहरु भागेको उनले बताए । डिएसपी सापकोटाका अनुसार खोजि कार्य तिब्र गतिमा भइ राखेको बताए ।
ु