Logo

बिहिवार, कार्तिक १३ गते २०८३

उपाधि जितको लागि नेपालले गुजरातलाई दिए  बलियो १७७ रनको लक्ष्य

उपाधि जितको लागि नेपालले गुजरातलाई दिए  बलियो १७७ रनको लक्ष्य

जोईन खबर

२५, चैत्र २०८०
  • 757
    SHARES
  • उपाधि जितको लागि नेपालले गुजरातलाई  दिए  बलियो १७७ रनको लक्ष्य

    २५ चैत काठमाडौँ । एसएमएस फ्रेन्डशिप कपको उपाधि जितको लागि नेपालले  गुजरातलाई बलियो १७७ रनको लक्ष्य दिएको छ ।  गुजरातको वापीमा जारी रहेको खेलमा टस जितेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा ४ विकेट गुमाउँदै १७६ रन बनाएको हो ।

    images

     आज को खेलमा नेपालका कप्तान रोहित पौडेलले सर्वाधिक ७४ रन बनाए ।पाँचौं ओभरको तेस्रो बलमा ओपनर कुशल भुर्तेलले १९ रन बनाएर शेन पटेलको बलमा बोल्ड भएका थिए । त्यस पछि दोस्रो विकेट भने १५औं ओभरमा खसेको थियो । कप्तान रोहित पौडेल सँगको ७७ रनको साझेदारी पछि आशिफ शेख ३४ रन प्रहार गर्दै जाला युवराज सिंहको बलमा आउट  भएका थिए । 

    images
    images
    images

    तेस्रो विकेटका रोहित १९औं ओभरमा आउट भएका हुन् । दीपेन्द्र सिंह ऐरी अन्तिम ओभरमा ३ बलमा ७ रन बनाएर जयमित पटेलको बलमा क्याच आउट भए ।कुशल मल्लले ३१ रन नटआउट रहे ।गुजरातका लागि शेन पटेल, तेजश पटेल, जाला युवराज सिंह र जयमित पटेलले समान १(१ विकेट लिएका थिए ।

    आजको फाइनल खेलकोनेपाली टोलीहरुमा रोहित पौडेल ९कप्तान०, कुशल भुर्तेल, आशिफ शेख, कुशल मल्ल, दिपेन्द्र सिंह ऐरी, सन्दिप जोरा, विवेक यादव, गुलशन झा, करन केसी, सोमपाल कामी, अविनाश बोहोरा मैदानमा खेलेका थिए ।

    प्रकाशित मिति :चैत्र २५, २०८० आइतवार - १५:१८:४१ बजे

    जोईन खबर

    images
    images
    images
    images
    ताजा अपडेट
    धेरै पढिएको