Logo

बिहिवार, कार्तिक १३ गते २०८३

मण्डिखाटार एमेच्योर टेनिस

मण्डिखाटार एमेच्योर टेनिस

जोईन खबर

२५, चैत्र २०८०
  • 781
    SHARES
  • मण्डिखाटार एमेच्योर टेनिस

    २५ चैत काठमाडौँ । मण्डिखाटार फस्ट एमेच्योर टेनिस प्रतियोगितामा ६५ वर्ष उमेर समूहको डब्लसमा उपाधि भिडन्त मनोज शमसेर जबरा र विकास जंगबहादुर राणा तथा ध्रुव गुरुङ तथा प्रकाश बोगटीको जोडी बिच हुने भएको छ । मण्डिखाटार टेनिस कोर्टमा शुक्रबार भएको पहिलो सेमिफाइनल खेलमा मनोज र विकासको जोडीले विज्ञान प्रधान र राजेन्द्र जंग कार्कीको जोडीलाई ६–१ र ६–१ को  स्कोरमा पराजित गर्दै फाइनलमा स्थान बनाएको हो ।

    images

    यसैगरी ध्रुव र प्रकाशको जोडी धीर गुरुङ र रविन्द्र श्रेष्ठको जोडीलार्य ६–४, २–६ र १०–८ को स्कोरमा पराजित गर्दै फाइनलमा स्थान पक्का गर्न सफल भयो ।शुक्रबार नै भएका अन्य इभेन्टेसमा सेमिफाइनल पुग्ने खेलाडीको टुंगो लागेको छ । ४५ वर्षको सिंगल्समा महेश श्रेष्ठ, प्रदीप शाह, आशिष सिग्देल, सूर्य गिरीले सेमिफाइनलमा स्थान पक्का गरे । महेश श्रेष्ठले सञ्जिव कुमार श्रेष्ठलाई ७–५ र ६–१को स्कोरमा पराजित गर्दा प्रदीपले यज्ञ भण्डारीलाई ६–२, ६–२ को स्कोरमा स्तब्ध बनाए ।

    images
    images
    images

    त्यस्तै, आशिषले युवराज थापालाई ६–० र ६–२ को स्कोरमा पराजित गर्दा सूर्यले गोपी भट्टराईलाई ६–३ र ७–६ को स्कोरमा चुनौती पन्छाएका थिए ।यसैगरी ३५ वर्षको डबल्समा देव क्षेत्री र दीप जबरा, सिमान्त गुरुङ र भिष्मजंग गुरुङले सेमिफाइनलमा स्थान बनाए ।  यस्तै, ५५ वर्षको सिंगल्समा विमल कुमार गुरुङ, मनोज शाह,जीवन घिमिरे र प्रदीप शाहले सेमिफाइनलमा स्थान बनाएका छन् ।

    ४५ वर्षको डबल्समा महेश श्रेष्ठ र डिगेन्द्र श्रेष्ठ, धर्म लामीछाने र गोपी भट्टराई, यज्ञबहादुर भण्डारी र सूर्य गिरी र सञ्जिव श्रेष्ठ र मनोज शाहले सेमिफाइनलमा स्थान पक्का गरे ।५५ वर्षको डबल्समा भगवान कोइराला र प्रकाश बोगटीको, जीवन घिमिरे र सुदर्शन विष्ट, राजु श्रेष्ठ र उत्तम शेर्पा तथा हिमाल शाह र शिब सेढाईंको जोडीले सेमिफाइनलमा स्थान पक्का गरेको मण्डिखाटार टेनिस क्लबका अध्यक्ष नवराज कुँवरले जानकारी दिए । प्रतियोगिता आइतबारसम्म चल्ने छ ।

    प्रकाशित मिति :चैत्र २५, २०८० आइतवार - १६:३४:५६ बजे

    जोईन खबर

    images
    images
    images
    images
    ताजा अपडेट
    धेरै पढिएको