२५ चैत काठमाडौँ । एसएमएस त्रिकोणात्मक टी -२० शृङ्खलाको उपाधि गुजरातलाई हराउदै नेपालले जितेको छ । आज भएको फाइनल खेलमा गुजरातलाई १८ रनले हराउँदै उपाधि नेपालले जितेको हो ।
खेलमा टस जितेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा चार विकेट गुमाएर एक सय ७६ रन बनाएको थियो, भने जितको लागि गुजरातले १७७ रन बनायन नसक्दा नेपालले उपाधि जित्न सफल भएको हो । जवाफी ब्याटिङ मैदानमा आएको गुजरातले निर्धारित २० ओभरमा आठ विकेट गुमाएर एक सय ५८ रनमात्र बनाउदा गुजरातले हार व्यहोर्नु परेको हो ।
नेपालका बलर अभिनाष बोहराले तीन विकेट,दीपेन्द्रसिंह ऐरीले दुई विकेट,कुशल मल्ल र करण केसीले पनि एकएक विकेट लिए पछि गुजरातलाई जित निकाल्न धेरै गारो भएको हो ।नेपालका लागि कप्तान रोहित पौडेलले ७४ रन, आसिफ शेखले ३४ रन, कुशल भुर्तेलले १९ रन,दीपेन्द्रसिंह ऐरी ७ रन बनाउँदै पेभेलियन फर्किएका थिए ।
भारतीय टोलीका बलर शेन पटेल, तेजस पटेल र जला युवराजसिंहले एक एक विकेट लिए । आजको फाइनल खेलमा नेपाली टोलीहरुमा रोहित पौडेल कप्तान, कुशल भुर्तेल, आशिफ शेख, कुशल मल्ल, दिपेन्द्र सिंह ऐरी, सन्दिप जोरा, विवेक यादव, गुलशन झा, करन केसी, सोमपाल कामी, अविनाश बोहोरा मैदानमा खेलेका थिए ।