Logo

बिहिवार, कार्तिक १३ गते २०८३

आज काठमाडौँ उपत्यकामा सार्वजानिक विदा 

आज काठमाडौँ उपत्यकामा सार्वजानिक विदा 

जोईन खबर

२६, चैत्र २०८०
  • 667
    SHARES
  • आज काठमाडौँ उपत्यकामा सार्वजानिक विदा 

    २६ चैत काठमाडौँ । आज घोडे जात्रा पर्वको अवसरमा काठमाडौं उपत्यकामा सार्वजानिक विदा भएको छ । चैत महिनामा पर्ने घोडे जात्राको अवसरमा काठमाडौं उपत्यकामा विभिन्न कार्यक्रम गरी मनाइने प्रचलन रहेको छ ।

    images

    चैत्र कृष्ण औँसीका दिन पर्ने घोडेजात्रा पर्वको अवसरमा सरकारले काठमाडौं उपत्यकामा एक दिन सार्वजनिक बिदा दिएको हो ।घोडेजात्रा एउटा अत्यन्तै पुरानो अनि सामाजिक जात्राकारुपमा प्राचीन कालदेखिनै काठमाडौं उपत्यकामा मनाइँदै आइएको परम्परा हो । जनविश्वासअनुसार टुँडिखेलको पूर्व–दक्षिण दिशामा रहेको एउटा रूखमा बास गर्ने गुरुमापा भन्ने राक्षसले सहरका बालबालिकालाई खाने गरेको थियो ।

    images
    images
    images

    नेपाली सेनाका तर्फबाट आजै टुँडिखेलमा अश्वकला, मोटरसाइकल खेल, शारीरिक व्यायाम, युद्धकला लगायतको प्रदर्शन गरिन्छ ।यसै कारण प्रत्येक वर्ष चैत्र कृष्ण औँसीका दिन घोडेजात्रा गरी गुरुमापाको आत्मालाई घोडाको टापले कुल्चाएर दबाउने गरिएको हो ।

    साथै सहरका कुनै पनि बालबालिकामाथि खतरा नहोस् भनी आजै राति त्यही रूखको फेदमा गुरुमापालाई खानेकुरा पनि दिइन्छ । 

     

    प्रकाशित मिति :चैत्र २६, २०८० सोमवार - ११:१०:४६ बजे

    जोईन खबर

    images
    images
    images
    images
    ताजा अपडेट
    धेरै पढिएको