२६ चैत काठमाडौँ । सभामुख देवराज घिमिरे र शीर्ष नेताहरूबीचको छलफलको समय सरेर दिउँसो २ बजे पुगेको छ । आज बिहान साढे १० बजे सिंहदरबारमा बोलाइएको बैठक सरेर दिउँसो २ बजेका लागि सारिएको छ ।
प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले प्रतिनिधि सभामा उठाइरहेको प्रश्नका सम्बन्धमा छलफल गर्न सभामुख घिमिरेले शीर्ष नेताहरूलाई छलफलमा बोलाएका हुन् । छलफलमा उपस्थिति नेताहरु प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, विपक्षी दलको नेता शेरबहादुर देउवा, नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली, राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने हुने भएका छन् ।
यसअघि चैत २१ गते बसेको प्रतिनिधि सभाको बैठकमा नेपाली कांग्रेसका महामन्त्री सांसद विश्वप्रकाश शर्माले अर्को बैठकमा संसदीय छानबिन समिति लिएर आउन सरकारलाई आग्रह गरेका थिए । तेही आग्रहलाई माने हुने गरि आज सभामुखले शीर्ष नेताहरूसँग छलफल गर्न लागेका हुन् ।प्रतिनिधि सभाको बैठक चैत २७ गते बस्दैछ ।