२६ चैत काठमाडौँ । नयाँ गठबन्धन संगै कोशी प्रदेश सरकारबाट पनि नेकपा माओवादी केन्द्र बाहिरिएको छ। माओवादी केन्द्रले कोशी प्रदेश सरकारलाई दिएको समर्थन पनि आजै फिर्ता लिने भएको छ ।
सोमबार प्रदेशसभा संसद् सचिवालयमा बसेको माओवादी प्रदेश संसदीय दलको बैठकले केदार कार्की नेतृत्वको सरकारबाट बाहिरिँदै समर्थन फिर्ता लिने निर्णय गरेको माओवादी केन्द्र संसदीय दलका नेता इन्द्रबहादुर आङ्बोले जानकारी दिए।
साथै, माओवादीबाट सरकारमा सहभागी सबै मन्त्रीहरूलाई आजै फिर्ता बोलाउनेसमेत उनले जानकारी दिए।