२६ चैत काठमाडौँ । गायक निशान भट्टराई र मोडल ऋचा न्यौपानेबिच सम्बन्धविच्छेद भएको छ । उनीहरुले यही चैत ७ गते काभ्रे जिल्ला अदालतका न्यायाधीश विश्वनाथ भट्टराईको एकल इजलासमा सम्बन्धविच्छेदको फैसला गरेको हो ।
सम्बन्धमा दरार आएपछि ऋचाले डिभोर्सको मुद्दा दायर गरेकी थिइन् । आपसी सहमतिमै उनीहरुले डिभोर्स गरेको अदालतको आदेशमा उल्लेख छ ।
पति पत्नीबीचको सम्बन्धविच्छेद हुनेगरी मिलापत्र गर्न सहमत भई दुवै पक्षहरुले सहीछाप समेत गरेकाले मुलुकी देवानी कार्यविधि संहिता २०७४ को दफा १९३ बमोजिम प्रस्तुत मिलापत्र प्रमाणित गरिदिएको छ ।’ आदेशमा उल्लेख छ ।विसं २०७७ मा भट्टराई र न्यौपानेले अदालती विवाह गरेका थिए ।