Logo

बिहिवार, कार्तिक १३ गते २०८३

गोरखामा प्रथम अन्तरपालिका स्तरीय पुरुष तथा महिला भलिबल प्रतियोगिता आजबाट सुरु  

गोरखामा प्रथम अन्तरपालिका स्तरीय पुरुष तथा महिला भलिबल प्रतियोगिता आजबाट सुरु  

जोईन खबर

२७, चैत्र २०८०
  • 718
    SHARES
  • गोरखामा प्रथम अन्तरपालिका स्तरीय पुरुष तथा महिला भलिबल प्रतियोगिता आजबाट  सुरु  

    २७ चैत काठमाडौँ । गोरखा जिल्लामा आजबाट प्रथम अन्तरपालिका स्तरीय पुरुष तथा महिला भलिबल प्रतियोगिता सुरु हुँदै छ । प्रतियोगिताको आयोजना  जिल्ला भलिबल संघ गोरखाले पहिलो पटक अन्तरपालिका स्तरीय  पुरुष तथा महिला भलिबल प्रतियोगिताको आयोजना गर्न लागेको हो । प्रतियोगिता, ‘स्वास्थ्यका लागि खेलकुद राष्ट्रका लागि खेलकुद’ भन्ने मूल नाराकासाथ हरमटारी खेलमैदानमा संचालन हुने संघले जनाएको छ । प्रतियोगिताको उद्घाटन दिउँसो १ बजे राष्ट्रिय खेलकुदका परीषद्का सदस्य सचिब टंकलाल घिसिङद्वारा हुने जिल्ला भलिबल संघ गोरखाका अध्यक्ष कृष्ण गुरुङले जानकारी दिए ।

    images

    चार दिनसम्म चल्ने प्रतियोगितामा पुरुषतर्फ उत्तरी गोरखाको चुमनुब्री बाहेक अन्य १० पालिकाबाट १० वटा टिमका सहभागिता रहने संघको भनाई छ । यसैगरी महिला तर्फको प्रतियोगितामा चुमनुब्री गाउँपालिका, सिरानचोक गाउँपालिका र गण्डकी गाउँपालिका बाहेक अन्य ८ पालिकाले सहभागिता जनाउने संघले बताएको छ ।आज बिहान ७ बजेबाट प्रतियोगिता सुरु हुने छ । प्रतियोगिताको पहिलो दिन आज पुरुषतर्फ ६ खेल तथा महिलातर्फ ४ वटा खेलहरु हुँदैछन् ।प्रतियोगितामा सहभागी हुनको लागि १० हजार रुपैयाँ टीम दर्ता शुल्क राखिएकोे छ ।

    images
    images
    images

    पुरुष तथा महिला तर्फका प्रथम हुने टिमलाइ नगद रू ७० हजारसहित  ट्रफी, मेडल र प्रमाणपत्र ,द्वितीय हुने टिमलाइ नगद रू रु ४० हजारसहित ट्रफी, मेडल र प्रमाणपत्र ,तृतीय हुने टिमलाइ नगद रु २५ हजारसहित ट्रफी, मेडल र प्रमाणपत्र, र सान्त्वना हुने स्थानीय तहले क्रमश  र १५ हजार नगदकोसाथमा ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् ।

    प्रतियोगिताका सर्वोकृष्ट खेलाडीले ५ हजार, उत्कृष्ट ब्लकरले २ हजार, उत्कृष्ट स्पाईकरले २ हजार प्राप्त गर्नेर  उत्कृष्ट डिफेन्डरले २ हजार, उत्कृष्ट सर्भर २ हजार , उत्कृष्ट प्रशिक्षक २ हजार, उत्कृष्टसेटर २ हजार र उत्कृष्ट खेलाडीले जनही रु २/२ हजार प्राप्त गर्ने जिल्ला भलिबल संघले जनाएको छ । 

    प्रकाशित मिति :चैत्र २७, २०८० मंगलवार - १०:३१:४९ बजे

    जोईन खबर

    images
    images
    images
    images
    ताजा अपडेट
    धेरै पढिएको