२७ चैत काठमाडौँ । आज. सुनकोमूल्य फेरि नयाँ रेकर्ड कायम भएर कारोवार भएको छ ।नेपाल सुनचाँदी व्यवसायी महासँघका अनुसार आज मंगलबार छापावाला सुन प्रतितोला १ लाख ३६ हजार ३०० रुपैयाँ र तेजाबी सुन प्रतितोला १ लाख ३५ हजार ६५० रुपैयाँमा खरिदबिक्री भइरहेको छ।
आज मंगलबार सुनको मूल्य तोलामा १०० रुपैयाँले बढेर नयाँ रेकर्ड बन्नेको संघले जनाउको छ । हिजो सोमबार छापावाला सुन प्रतितोला १ लाख ३६ हजार २०० रुपैयाँमा खरिदबिक्री भएको थियो।यसैगरी चाँदीको मूल्य भने आज स्थिर रहेको छ ।
मंगलबार चाँदी प्रतितोला १ हजार ६८५ रुपैयाँमा खरिदबिक्री भइरहेको महासँघले जनाएको छ।