Logo

बिहिवार, कार्तिक १३ गते २०८३

 भारतको नैनिताल जिल्लामा गाडी दुर्घटना हुँदा ७ जना नेपालीसहित ८ जनाको मृत्यु 

 भारतको नैनिताल जिल्लामा गाडी दुर्घटना हुँदा ७ जना नेपालीसहित ८ जनाको मृत्यु 

जोईन खबर

२७, चैत्र २०८०
  • 766
    SHARES
  •  भारतको नैनिताल जिल्लामा गाडी दुर्घटना हुँदा ७ जना नेपालीसहित ८ जनाको मृत्यु 

    २७ चैत काठमाडौँ । भारतको उत्तराखण्डको नैनिताल जिल्लामा हिजो गाडी दुर्घटना हुँदा ७ जना नेपालीसहित ८ जनाको मृत्यु भएको छ।

    images

    दुर्घटना नैनितालको बेतालघाट नजिकै गाडी सडकबाट १५० मिटर तल खसेको खबर प्राप्त भएपछि स्टेट डिजास्टर रेस्पोन्स टिम एसडिआरएफको टोली घटनास्थलमा पुगेर उद्धारका लागि खटिएको थियो। दुर्घटनामा ज्यान गुमाउनेमा ५० वर्षीय शिवराम चौधरी, ४० वर्षीय अनन्तराम चौधरी, ३८ वर्षीय विनोद चौधरी, ५५ वर्षीय उदयराम चौधरी, ४५ वर्षीय तिलक चौधरी, ६० वर्षीय गोपाल र ४५ वर्षीय धिरज रहेका छन्।

    images
    images
    images

    सोमबार राति १० बजे नेपाली श्रमिक घर फर्किंदै गर्दा दुर्घटनामा परेका हुन्।जिप खसेको थाहा पाए पछि घटनाबारे स्थानीयले प्रहरीलाई खबर गरेका हुन् । 

    प्रकाशित मिति :चैत्र २७, २०८० मंगलवार - १२:४९:३१ बजे

    जोईन खबर

    images
    images
    images
    images
    ताजा अपडेट
    धेरै पढिएको