Logo

बिहिवार, कार्तिक १३ गते २०८३

भीमसेन थापाको बगुवामा बिरामीको तत्काल उद्धारको लागि हेलिप्याड निर्माण 

भीमसेन थापाको बगुवामा बिरामीको तत्काल उद्धारको लागि हेलिप्याड निर्माण 

जोईन खबर

२८, चैत्र २०८०
  • 778
    SHARES
  • भीमसेन थापाको बगुवामा बिरामीको तत्काल उद्धारको लागि हेलिप्याड निर्माण 

    २८ चैत काठमाडौँ । गोरखाको भीमसेन थापा गाउँपालिकावडा न ५ बगुवामा इमरजेन्सी बिरामीको तत्काल उद्धार गर्न हेलिप्याड निर्माणको काम  सम्पन्न भएको छ ।भीमसेन थापा गाउँपालिकाभित्र रहेका इमरजेन्सी बिरामीलाई तत्कालै उपचार गर्न सहज होस् भन्ने उद्देश्यका साथ हेलिप्याड निर्माण गरिएको भीमसेन थापा गाउँपालिकाका अध्यक्ष लोकप्रसाद बन्जराले बताउनु भयो ।

    images

    यो निर्माणको  लागि गाउँपालिकाको आर्थिक सहयोग तथा नेपाली सेनाको जनशक्ति प्रयोग गरी हेलिप्याड निर्माण गरिएको अध्यक्ष बन्जराले जानकारी दिनु भयो । यस हेलिप्याड निर्माण बगुवाको स्वास्थ्य चौकी नजिक निर्माण भएको हेलिप्याड विपद् व्यावस्थापन गर्न सहज हुने उद्देश्यले निर्माण गरिएको हो ।

    images
    images
    images

    विपद्जन्य घटनाबाट घाइते तथा राष्ट्रपति महिला उत्थान कार्यक्रमअन्तर्गत सुत्केरी हुन नसकेका महिलालाई तत्काल जिल्ला बाहिर तथा काडमाडौं लैजानुपर्ने भएमा हेलिकप्टरमा सहज हुने भएकाले हेलिप्याड निर्माणमा सहकार्य गरेको रिपुमर्दन गणका गणपति अशोककुमार क्षेत्रीले बताउनु भयो ।

     हेलिप्याड हिजो एक कार्यक्रमका बिच नेपाली सेनाका पश्चिम पृतना हेडक्वाटरका पृतनापति उपरथी सन्तोष वल्लभ पौडेलले भिमसेन थापा गाउँपालिकाका अध्यक्ष लोकप्रसाद बन्जरालाई हेलिप्याड हस्तान्त्रण थियो ।

    प्रकाशित मिति :चैत्र २८, २०८० बुधवार - १२:१२:०३ बजे

    जोईन खबर

    images
    images
    images
    images
    ताजा अपडेट
    धेरै पढिएको