Logo

बिहिवार, कार्तिक १३ गते २०८३

सिरानचोकको थालाजुङका बिनोद गुरुङ गाँजा सहित पक्राउ

सिरानचोकको थालाजुङका बिनोद गुरुङ गाँजा सहित पक्राउ

जोईन खबर

२९, चैत्र २०८०
  • 667
    SHARES
  • सिरानचोकको थालाजुङका बिनोद गुरुङ गाँजा सहित पक्राउ

    २९ चैत काठमाडौँ ।  गोरखा सिरानचोक गाउँपालिकाको थालाजुङका बिनोद गुरुङ सहित २ जनालाई अबैध गाँजा सहित  पक्राउ  गरेका छन् । उनीहरूलाइ  ३ किलो गाँजा सहित प्रहरीले  पक्राउ  गरेको हो । तनहुँ प्रहरीले थापा सहित राजधानीको बुढानिलकण्ठ बस्ने आशिष थापालाई पनि पक्राउ गरेको जनाएको छ ।

    images

    ईलाका प्रहरी कार्यालय आँबुखैरेनीले दिएको जानकारी अनुसार आँबुखैरेनी गाउँपालिका–२ स्थित सडकबाट गोरखा सिराचोक गाउँपालिका–२ थालाजुङका बिनोद र काठमाण्डौं बुढानिलक९ठका आशिषलाई २ किलो ५०० ग्राम गाँजा सहित पक्राउ गरेको हो ।

    images
    images
    images

    २४ बर्षका बिनोद र २५ बर्षका आशिषलाई प्रहरीको बिशेष सुराकीको आधारमा इलाका प्रहरी कार्यालय आँबुखैरेनीबाट खटिएको प्रहरीको टोलीले उनीहरूलाई उक्त परिमाणको गाँजासहित पक्राउ गरेको हो । पक्राउ परेको दुवै जनालाई आवश्यक कानूनी कारवाहीको लागि मुद्वा दर्तागरी थप अनुसन्धान भईरहेको तनहुँ प्रहरीले जानकारी दिएको छ ।
     

     

    प्रकाशित मिति :चैत्र २९, २०८० बिहिवार - १५:२८:२१ बजे

    जोईन खबर

    images
    images
    images
    images
    ताजा अपडेट
    धेरै पढिएको