Logo

बिहिवार, कार्तिक १३ गते २०८३

नागरिक उन्मुक्ति पार्टीका नेता घनश्याम चौधरीलाई तीन महिनाको लागि निलम्बन

नागरिक उन्मुक्ति पार्टीका नेता घनश्याम चौधरीलाई तीन महिनाको लागि निलम्बन

जोईन खबर

३०, चैत्र २०८०
  • 727
    SHARES
  • नागरिक उन्मुक्ति पार्टीका  नेता घनश्याम चौधरीलाई तीन महिनाको लागि निलम्बन

    ३० चैत काठमाडाैँ ।  नागरिक उन्मुक्ति पार्टी (नाउपा) ले संसदीय दलको नेता घनश्याम चौधरीलाई तीन महिनाको लागि निलम्बन गरेको छ ।

    images

    पार्टी अध्यक्षलाई पठाएको स्पष्टीकरण चित्तबुझ्दो नभएको भन्दै अध्यक्ष रन्जिता श्रेष्ठले चौधरीलाई तीन महिनाको लागि निलम्बन परेको पत्र सभामुख भीम भण्डारीलाई पठाएकी छन् ।

    images
    images
    images

    यसअघि केन्द्रीय अध्यक्ष रन्जिता श्रेष्ठले संसदीय दलको नेताको जिम्मेवारीबाट घनश्याम चौधरीलाई हटाएर कैलाश चौधरीलाई तोकेकी थिइन् । तर, संसदीय दलबाटै नेता छान्नुपर्ने भएकाले पार्टीको निर्णय लागू हुने नदेखेपछि श्रेष्ठले घनश्यामलाई निलम्बन गरेकी हुन् । घनश्याम रेसम चौधरी पक्षका हुन् ।

    पटक-पटक बैठक बोलाउँदा नआएको र स्पष्टीकरण पनि चित्तबुझ्दो नभएको आरोपसहित घनश्यामलाई निलम्बन गरिएको पत्रमा उल्लेख छ ।image_2024-04-12_134753091.png

    प्रकाशित मिति :चैत्र ३०, २०८० शुक्रवार - १३:४५:३४ बजे

    जोईन खबर

    images
    images
    images
    images
    ताजा अपडेट
    धेरै पढिएको