Logo

बिहिवार, कार्तिक १३ गते २०८३

आजदेखि नयाँ बर्ष २०८१ साल सुरु देश भर विभिन्न कार्यक्रम गरि मनाइदैँ

आजदेखि नयाँ बर्ष २०८१ साल सुरु देश भर विभिन्न कार्यक्रम गरि मनाइदैँ

जोईन खबर

१, बैशाख २०८१
  • 703
    SHARES
  • आजदेखि नयाँ बर्ष  २०८१ साल सुरु देश भर विभिन्न कार्यक्रम गरि मनाइदैँ

    १ वैशाख काठमाडौँ । आजदेखि नयाँ बर्ष २०८१ साल  सुरु भएको छ । नयाँ वर्ष प्रारम्भ भएको पहिलो दिन आज नेपालमा र विदेशमा रहेका नेपालीहरुले हर्षोल्लासका साथ एक आपसमा शुभकामना आदानप्रदान गरी मनाइरहेका छन् नयाँ वर्ष आरम्भका अवसरमा आज नेपालभरका सरकारी कार्यालय, सार्वजनिक संस्थान एवम् शिक्षण संस्थामा सार्वजनिक बिदा दिइएको छ । 

    images

    नयाँ वर्षको अवसरमा राष्ट्रपति रामचन्द्र पौडेल, उपराष्ट्रपति रामसहाय प्रसाद यादव, प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, प्रधानन्याधीश विश्वम्भर प्रसाद श्रेष्ठ,  सभामुख देवराज घिमिरे, राष्ट्रिय सभा अध्यक्ष नारायण दाहाल, राजनीतिक दलका शीर्ष नेता लगायतले शुभकामना सन्देश दिँदै सबै नेपालीको उन्नती प्रगतिको कामना गरेका छन् ।

    images
    images
    images

    नयाँ वर्षमा सफलता मिल्ने शुभकामना एक अर्कामा व्यक्त गर्दै, मिस्ठान्न भोजन बाँड्दै, साँस्कृतिक उत्सव आयोजना गर्दै आज नयाँ वर्ष विशेष पर्वको रुपमा मनाउने गरिन्छ ।आजको दिन नयाँ कामको थालनी गर्ने परम्परा पनि रहेको छ ।आज बिहानै स्नान गर्ने, मन्दिर जाने, घर सफा गर्ने, मीठोमीठो खाने, साथीसंगी तथा इष्टमित्रसँग भेटघाट गरी एक आपसमा शुभकामना व्यक्त गर्ने गरिन्छ ।

    १२औँ शताब्दीमा गुजरातबाट आएका विद्वानले किताब सार्दा पहिलोपटक विक्रम सम्वतको प्रयोग गरेको लिखित दस्तावेज फेला परेको इतिहासविदहरू बताउँछन् । 

    प्रकाशित मिति :बैशाख १, २०८१ शनिवार - ०८:०९:२२ बजे

    जोईन खबर

    images
    images
    images
    images
    ताजा अपडेट
    धेरै पढिएको