९ वैशाख काठमाडौँ । गण्डकी प्रदेशस्तरीय महिला तथा पुरुष भलिबल गोरखाको बारपाक सुलिकोट गाउँपालिकामा बैशाख १० देखि १२ गते सम्म सञ्चालन हुने भएको छ ।
गण्डकी प्रदेश खेलकुद परिषदको आयोजनामा उक्त प्रतियोगिता यहि बैशाख १० देखि १२ गते सम्म सञ्चालन हुने लागेको खेलकुद परिषदका सदस्य सचिब श्रीधर शर्माले जानकारी दिएका हुन् ।
यस प्रतियोगितामा गण्डकी प्रदेशका ११ वटै जिल्लाबाट टिमहरुको सहभागिता हुने छ । उक्त प्रतियोगिता आगामी २०८१ मंसिर २ देखि ८ गते सम्म कर्णाली प्रदेशमा आयोजना हुने वृहत राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि छनौट खेलको रुपमा आयोजना गरिएको सदस्य सचिब शर्माले जानकारी दिएका छन् ।
अहिले प्रदेशले गर्न लागेको खेल बाट दशौं राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि खेलाडी छनौट समेत गर्ने सदस्य सचिब शर्माले बताएका छन् । दशौं अघि हुने अन्य राष्ट्रिय तथा क्लवस्तरीय प्रतियोगिताहरुमा समेत बारपाकबाट छनौट भएका खेलाडीहरुलाई समावेश गर्ने र जेठको दोस्रो साता सम्म छनौट खेलहरु हुने गरी परिषदले तय गरेको सदस्य सचिव शर्माले जानकारी दिए ।
प्रदेशले गर्न लागेको प्रतियोगितामा बारपाक सुलिकोट गाउँपालिकाले समेत सहयोग गर्ने भएको छ यस गाउँपालिका २०७२ सालको महाभुकम्पको केन्द्रविन्दु समेत रहेएको क्षेत्र हो ।