Logo

बिहिवार, कार्तिक १३ गते २०८३

रिटर्नी सेन्टर नेपालको अध्यक्षमा देवेन्द्र सम्वाहाङ्फे निर्वाचित

रिटर्नी सेन्टर नेपालको अध्यक्षमा देवेन्द्र सम्वाहाङ्फे निर्वाचित

जोईन खबर

९, बैशाख २०८१
  • 817
    SHARES
  • रिटर्नी सेन्टर नेपालको अध्यक्षमा देवेन्द्र सम्वाहाङ्फे निर्वाचित

    ९ वैशाख काठमाडाेँ । नेकपा माओवादी केन्द्र निकटको भातृ संगठन रिटर्नी सेन्टर नेपालको अध्यक्षमा देवेन्द्र सम्वाहाङ्फे निर्वाचित भएका छन् । 

    images

    सेन्टरको प्रथम महाधिवेशनमा भएको निर्वाचनमा प्रतिस्पर्धी मेजरकुमार राईलाई १८ मतले पछि पार्दै सम्वाहाङ्फे अध्यक्ष निर्वाचित भएका हुन् । पाँचथरका सम्वाहाङ्फेले ४७ र उदयपुरका राईले २९ भोट प्राप्त गरेका हुन् ।

    images
    images
    images

    सेन्टरको वरिष्ठ उपाध्यक्षमा डोरबहादुर कार्की र उपाध्यक्षमा भीम रोकाय (मुस्कान), कृष्णकुमार सिंह (अस्मित), चेतना श्रेंग र नबिराज खान, महासचिवमा घनश्याम भट्टराई तथा दुई जना उपमहासचिवमा विशाल भण्डारी र निमेषकुमार ओली चयन भएका छन् । कोषाध्यक्ष पदमा धनध्वज मल्ल ठकुरी चयन भएका हुन् । 

    प्रकाशित मिति :बैशाख ९, २०८१ आइतवार - १५:१७:१४ बजे

    जोईन खबर

    images
    images
    images
    images
    ताजा अपडेट
    धेरै पढिएको