१० वैशाख काठमाडौँ । गोरखामा ५७ बर्षीय पुरुषको मलद्धारमा अड्किएको बोत्तल एक महिनापछि शल्यक्रिया निकालिएको छ । आइतवार गोरखा अस्पतालले गोरखा नगरपालिका–३ नारेश्वरका एक पुरुषको शल्यक्रिया गरेर बोत्तल निकालिएको हो ।
‘उहाँको मलद्वारमा एक महिनाअघि देखि किटनाशक औषधीको मेटलको बोत्तल अड्किएको र अलि सिरियस भएपछि आज अस्पताल ल्याइएको अस्पतालका निमित्त मेडिकल सुपरिटेण्डेन्ट डा। सिदार्थ खनालले बताए डा । खनालका अनुसार करिव तीन घण्टाको अप्रेशन पश्चात बोत्तल निकाल्न सफल भएको जानकारी दिए ।
उनको मलद्वारबाट १० सेन्टिमिटर लामो र ७।५ सेन्टिमिटर चौडाइको बोत्तल निकाल्दा बिरामी भने अहिले आइसियू कक्षमा राखेर उपचार भइरहेको अस्पतालले जनाएको छ ।बोत्तल अड्किएको लामो समय भएकाले पेटमा संक्रमण पनि फैलिसकेको भएर हामीले त्यस ठाउमा पनि सफा गरिदिएको छौँ । उक्त पुरुषको शल्यक्रिया सर्जन डा। दिपेन्द्र सिं र विश्वराज खड्का र एनेस्थेसिया डा। शम्भु अधिकारीको टिमले उनको सफल शल्यक्रिया गरेका हुन् ।