Logo

बिहिवार, कार्तिक १३ गते २०८३

काठमाडौंको बालाजु बाइसधारामा मेला आजदेखि सुरू

काठमाडौंको बालाजु बाइसधारामा मेला आजदेखि सुरू

जोईन खबर

११, बैशाख २०८१
  • 769
    SHARES
  • काठमाडौंको बालाजु बाइसधारामा मेला  आजदेखि सुरू

    ११ वैशाख काठमाडौँ । काठमाडौंको बालाजु बाइसधारामा आज मेला लागेको छ । प्रत्येक वर्ष वैशाख  पूर्णिमाका दिन बाइसधारामा मेला लाग्ने गर्दछ । यो मेला पाँच दिनसम्म चल्ने छ ।

    images

    स्थानीय नेवार समुदायले ‘ल्हुति पुन्हि’ पनि भन्ने यो मेला भर्नेहरुको आज बिहानैदेखि घुइँचो छ । मेला भर्नेहरुको घुइँचोका कारण सवारी साधन डाइभर्सन गर्नुपरेको काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले जनाएको छ ।

    images
    images
    images

    भक्तजनलाई स्नान गर्न सहज होस् भन्ने उद्देश्यले २२ वटै धाराबाट जल प्रवाहको व्यवस्था मिलाइएको मेला व्यवस्थापन समितिका संयोजक गौतम प्रजापतिले जानकारी दिए । आज मेला भक्तजनहरूको भिडभाड रहेको  छ ।  

     

     

    प्रकाशित मिति :बैशाख ११, २०८१ मंगलवार - १०:५४:३५ बजे

    जोईन खबर

    images
    images
    images
    images
    ताजा अपडेट
    धेरै पढिएको