११ वैशाख काठमाडौँ । गोरखाको बारपाक सुलिकोट गाउँपालिका वडा न १ र वडा न २ बारपाकमा हिजोबाट गण्डकी प्रदेशस्तरीय पुरुष तथा महिला भलिवल प्रतियोगिता सुरु भएको हो । यस प्रतियोगिता प्रदेश खेलकुद परिषदको आयोजना अन्तरगत हिजो एक कार्यक्रम बिच उद्वघाटन गरि पुरुष र महिला तर्फ सातरसात खेल भइ सकेको छ ।
जसमा पुरुषतर्फको खेल पहिलो खेल तनहूँ र म्याग्दीबीचको खेलमा तनहूँ बिजयी, दोस्रो खेल नवलपुर र मुस्ताङबीचको खेलमा नवलपुर बिजयी,तेस्रो खेल वाग्लुङ र लम्जुङबीचको खेलमा बाग्लुङ बिजयी चौथो खेल म्याग्दी र कास्कीबीचको खेलमा म्याग्दी बिजयी,पाँचौ खेल मुस्ताङ र स्याङ्जाबीचको खेलमा स्याङ्जा बिजयी,छैठौ खेल गोरखा र पर्वतबिचको खेलमा पर्वत बिजयी बन्नेको छ भने हिजोको अन्तिम सातौ खेल तनहूँ र कास्कीबीचको खेलमा तनहूँ बिजयी बनेको जिल्ला खेलकुद बिकास समिति गोरखाले जनाएको छ ।

यसै खेलमा महिलातर्फको पहिलो खेलमा मनाङ र तनहुँबिचको खेलमा तनहुँ बिजयी दोस्रो खेलमा लम्जुङ र स्याङ्जाबिचको खेलमा स्याङजा बिजयी ,तेस्रो खेल म्याग्दी र बाग्लुङबीचको खेलमा म्याग्दी बिजयी,चौथो खेल मनाङ र कास्कीबिचको खेलमा कास्की बिजयी, पाँचौ खेल नवलपुर र लम्जुङबीचको खेलमा नवलपुर बिजयी,छैठौ खेल पर्वत र गोरखाबीचको खेलमा पर्वत बिजयी,सातौ खेल तनहूँ र कास्कीबीचको खेलमा कास्की बिजयी बनेको आयोजकले जनाएको छ ।

प्रतियोगितामा गण्डकी प्रदेशका ११ वटै जिल्लाका पुरुष र महिलातर्फ १०र१० टिमको सहभागीता रहेको छ । उक्त प्रतियोगितामा प्रथम हुने दुवै टिमले नगद रु एक एक लाख र साथमा ट्रफि, मेडल र प्रमाणपत्र पाउने छन्, भने त्यस्तै दोस्रो हुने टिमले नगद रु ७५ हजारसहित साथमा ट्रफि, मेडल र प्रमाणपत्र र तृतीय हुने टिमले नगद रु ५० हजारसहित साथमा ट्रफि, मेडल र प्रमाण पत्र पाउने आयोजले बताए ।