११ वैशाख काठमाडौँ । गोरखामा वि सं २०७२ वैशाख १२ गते गएको भूकम्पको सम्झनामा भोलि वैशाख १२गते बृहत् फोटो प्रदर्शनी आयोजना हुने भएको छ । भूकम्पबारे चेतना जगाउन फोटो प्रदर्शनी आयोजना गरिएको हो ।भूगर्भविभागको आयोजनामा हुने प्रदर्शनीमा गोरखा भूकम्पलगायत डोटी, बझाङ, जाजरकोटमा भएका भूकम्पबाट भएको क्षति तथा मानव समाज र भूगोलमा आएको परिवर्तनका दृश्य समावेश छन् ।विभागका अनुसार भूकम्पीय विपद् सामान्य हुँदै जाने क्रममा विगतका पीडा बिर्सँदै जाने मानवीय स्वभाव छ ।
फोटो प्रदर्शनीको माध्यमबाट सचेत रहन सन्देश दिने उद्देश्यले प्रदर्शनी आयोजना गरिएको हो । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्र र महिला पत्रकारहरूको संस्था ‘संवाहिका समाज नेपाल’सँगको सहकार्यमा प्रदर्शनी आयोजना गरिएको बताए ।गोरखा भूकम्पमा नौ हजारले ज्यान गुमाएका थिए भने २२ हजारभन्दा बढी घाइते भएका थिए । वरिष्ठ भूकम्पविद् लोकविजय अधिकारीका अनुसार उक्त भूकम्पको एक वर्षसम्म पाँचसयभन्दा बढी परकम्प महसुस गरिएको थियो ।
बारपाकमा त्यसै क्रममा हिजो बाट गण्डकी प्रदेशस्तरीय पुरुष तथा महिला भलिबल प्रतियोगिता समेत भइ रहेको छ । उक्त प्रतियोगिता पनि भुकम्पको सम्पन्न हुने भएको हो । यस प्रतियोगिता पुरुष तथा महिलातर्फका खेलमा दुवै विजेता टिमले नगद रु एक लाख र उपविजेताले नगद रु ७५ हजार र तुतीय हुने टिमले नगद रु ५० हजार पाउनुको साथै ट्रफि, मेडल र प्रमाणपत्रपाउने भएका छन् । रासस