११ वैशाख काठमाडौँ । धादिङको गजुरी गाउँपालिका– ६ बन्छेटारमा रहेको पृथ्वी राजमार्गअन्तर्गत सडक खण्डमा गुडी रहेको ट्रकमा आगलागी भएको छ । भैरहवाको सुनौलीबाट औषधि बनाउने केमिकल बोकेर काठमाडौंतर्फ आउँदै गरेको ना।४ख ८६१७ नम्बरको ट्रकमा गुडदा गुडदै एक्कासि आगलागी भएको हो।
आगो लागिको घटना चालक सुशील विकका अनुसार केमिकलहरू एक–आपसमा ठोक्किएर आगो सल्किएको हुन सक्ने उनीहरुले बताए । उक्त ट्रकमा गुड्दागुड्दै एक्कासि आगो सल्किएको कारणले नियन्त्रणमा ल्याउन कठिन भएको छ ।
यस आगो लागिले गर्दा पृथ्वी राजमार्गमा दुवैतर्फी सवारी ओहोदोहो गर्न भने सकेको छैन् । दमकल आउन ढिला भएकाले पनि आगो नियन्त्रणमा लिन कठिन भएको घटनास्थल आइपुगेका गजुरी गाउँपालिकाका स्थानियले बताए । यस घटनाको क्षती विवरण बारे थप अनुसन्धान भई रहेको छ ।