११ वैशाख काठमाडौँ । पोखराको फेवातालमा अचानक आएको हावाहुरीका कारण डुंगा पल्टिएको छ । उक्त डुंगामा बालिकासहित पाँच जनाको सवार थिए, भने ति सबै जनाको सशस्त्र प्रहरी बल, कालिका गण कास्कीद्वारा सकुशल उद्धार गरिएको सशस्त्र प्रहरीले जनाएको छ ।
प्रहरी प्रमुख एसपी अरूण पौडेलका अनुसार डुंगामा रहेका काठमाठौं महानगरपालिका २९ का ३० वर्षीय बिक्रम मिकारानी, २६ वर्षीया आशिफा भानु, ५४ वर्षीया अनैजा दिल शाह, ८ वर्षीया रजिना खातुन र १८ महिनाकी बालिका मिरा रानीको उद्धार गरिएको हो ।
मंगलबार दिउँसो ४ बजेतिर अचानक आएको हावाहुरीका कारण डुंगा पल्टिएको हो । मत्स्यपालन केन्द्रको जालमा अड्किएको अवस्थामा उनीहरुलाई उद्धार गरिएको प्रहरीले बताए ।