Logo

बिहिवार, कार्तिक १३ गते २०८३

बारपाक सुलिकोट गाउँपालिकामा भोली सार्वजानिक बिदा

बारपाक सुलिकोट गाउँपालिकामा भोली सार्वजानिक बिदा

जोईन खबर

११, बैशाख २०८१
  • 1.0K
    SHARES
  • बारपाक सुलिकोट गाउँपालिकामा भोली सार्वजानिक बिदा

    ११ वैशाख काठमाडौँ । गोरखाको  बारपाक सुलिकोट गाउँपालिकामा भोली पालिकाभित्र सार्वजानिक बिदा दिने भएको छ । यस  गाउँपालिकाले २०७२ सालको  भूकम्पमा परी गोरखाबाट ज्यान गुमाउनेहरूको सम्झनामा भूकम्प स्मृति दिवसका अवसर पारेर पालिकाले आज एक सूचना जारी गर्दै पालिकाभित्र सार्वजनिक बिदा दिने निर्णय गरेको गाउँपालिका अध्यक्ष विष्णुप्रसाद भट्टले जानकारी दिए। उक्त भूकम्प  बारपाक सुलिकोट गाउँपालिका  वडा न १ र वडा न २ को बारपाकमा केन्द्रबिन्दु भएर विस २०७२ साल वैशाख १२ गते भोलीकाे दिन ७.८ रेक्टरस्केलको विनाशकारी भूकम्प गएको थियो ।

    images

    गोरखा भूकम्पको केन्द्रविन्दु भएको गाउँपालिका भएकाले पालिकाले सोही दिनको सम्झना तथा भूकम्पमा परेर ज्यान गुमाएकाहरूको स्मृतिमा पालिकाभित्र सार्वजनिक बिदा दिन लागिएकाे गाउँपालिका अध्यक्ष भट्टले जानकारी दिए । बिदाको दिन पालिकाका सबै वडा कार्यालय, स्वास्थ्य संस्था, सम्पूर्ण शिक्षण संस्थालगायत सार्वजनिक सङ्घसंस्था बन्द रहने गाउँपालिकाले जनाएको छ । 

    images
    images
    images

    भूकम्प स्मृति दिवसका अवसरमा गाउँपालिकाको आयोजनामा भूकम्पको केन्द्रबिन्दु बारपाकको वडा न १ को श्री हिमालय मा वि को खेलमैदानमा भोली दिउँसो ११ ४५ बजेको समयमा श्रदान्जली कार्यक्रमआयोजना समेत गरिने गाउँपालिका अध्यक्ष भट्टले जानकारी दिए । त्यस ठाउँमा भोली नै गण्डकी प्रदेशस्तरीय पुरुष तथा महिला भलिबल समेतको फाइनल वा समापन समेतको कार्यक्रम रहने गाउँपालिका प्रवक्कता जित बहादुर नेपालीले बताए । 

    प्रकाशित मिति :बैशाख ११, २०८१ मंगलवार - २२:०७:३२ बजे

    जोईन खबर

    images
    images
    images
    images
    ताजा अपडेट
    धेरै पढिएको