Logo

बिहिवार, कार्तिक १३ गते २०८३

नेपाल र कतारबीच द्विपक्षीय सम्बन्धित समझदारी तथा सम्झौतामा हस्ताक्षर

नेपाल र कतारबीच द्विपक्षीय सम्बन्धित समझदारी तथा सम्झौतामा हस्ताक्षर

जोईन खबर

१२, बैशाख २०८१
  • 802
    SHARES
  • नेपाल र कतारबीच  द्विपक्षीय सम्बन्धित समझदारी तथा सम्झौतामा हस्ताक्षर

    १२ वैशाख काठमाडौँ । नेपाल र कतारबीच द्विपक्षीय लगानी र सहकार्यसँग सम्बन्धित समझदारी तथा सम्झौतामा हस्ताक्षर भएको छ । नेपाल भ्रमणमा रहेका कतारी अमिर शेख तमिम बिन हमाद अल थानी र प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डबीच द्विपक्षीय भेटवार्ता सम्पन्न भएसँगै होटल सोल्टीमा समझदारी र सम्झौतामा हस्ताक्षर भएको हो ।

    images

    दुई देश बीचको समझदारी तथा सम्झौतामा सरकारी समाचार एजेन्सी, महान्यायाधिवक्ता कार्यालयसम्बन्धी,  कूटनीतिक तालिम र अध्ययन, शिक्षा, कला र संस्कृति, खेलकुद क्षेत्रमा सहकार्य गर्ने समझदारी बनेको छ ।यस्तै कतार चेम्बर अफ कमर्श र नेपाल उद्योग वाणिज्य महासंघबीच पनि दुईवटा सम्झौता भएका छन् ।

    images
    images
    images

    होटल सोल्टीको यो कार्यक्रमपछि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले होटल द्वारिकामा आयोजना गरेको दिवा भोजमा कतारको टोली सहभागी हुनेछ ।

    कतारका राजा पहिलोपटक नेपाल भ्रमणमा आएको अवसरमा सरकारले मंगलबार देशभर सार्वजनिक बिदा दिएको थियो । 

    प्रकाशित मिति :बैशाख १२, २०८१ बुधवार - १२:०३:३० बजे

    जोईन खबर

    images
    images
    images
    images
    ताजा अपडेट
    धेरै पढिएको