Logo

बिहिवार, कार्तिक १३ गते २०८३

अवसर एकेडेमीले इन्टर आईटी कलेज फुटसल प्रतियोगिता गर्दैँ 

अवसर एकेडेमीले इन्टर आईटी कलेज फुटसल प्रतियोगिता गर्दैँ 

जोईन खबर

१२, बैशाख २०८१
  • 811
    SHARES
  • अवसर एकेडेमीले इन्टर आईटी कलेज फुटसल प्रतियोगिता गर्दैँ 

    १२ वैशाख काठमाडौँ । चितवनमा रहेको अवसर एकेडेमीको आयोजनामा इन्टर आईटी कलेज फुटसल प्रतियोगिता हुने भएको छ । अवसर एकेडेमीले आईटी पढ्दै गरेका विद्यार्थीहरुलाई लक्षित गर्दै फुटसल प्रतियोगिता आयोजना गर्ने भएको हो । भरतपुरलाई आइटी हबको रुपमा चिनाउन योगदान पुर्याउन र आईटी समुदायलाई अझ बलियो बनाउन यस फुटसल आयोजना गर्न लागिएको अवसर एकेडेमीका प्रबन्ध निर्देशक सौगात देवकोटाले बताए।

    images

    आयोजकका अनुसार भरतपुर(१० स्थित प्रेसिडेन्सी कलेजमा बैशाख १४ गते प्रतियोगिता हुनेछ । प्रतियोगितामा विजेता टिमले ४० हजार, पहिलो रनरअपले २० हजार, उत्कष्ठ खेलाडीले तीन हजार, उत्कृष्ठ गोलकिपरले एक हजार र सबैभन्दा बढी गोल गर्ने खेलाडीले तीन हजार पुरस्कार पाउने छन् ।

    images
    images
    images

    प्रतियोगितामा सहभागी हुनको लागि बैशाख १३ गतेसम्म टिम दर्ता गर्नुपर्ने आयोजकले जनाएको छ । टिमका लागि दर्ता शुल्क २५०० रुपैयाँ लाग्नेछ ।टिम दर्ता गर्नको लागि लिङ्क  https://forms.gle/ir5ibRWPvDpfBQM37  मा आफ्नो टिमको विवरण भरि रजिस्ट्रर गर्न सकिने छ।

     

    प्रकाशित मिति :बैशाख १२, २०८१ बुधवार - १२:२२:४८ बजे

    जोईन खबर

    images
    images
    images
    images
    ताजा अपडेट
    धेरै पढिएको