१२ वैशाख काठमाडौँ । दुई दिने भ्रमणका लागि मंगलबार नेपाल आएका कतारका राजा शेख तमिम बिन हमाद अल थानी आज दिउँसो स्वदेश फर्किएका छन् ।
उनलाई राष्ट्रपति रामचन्द्र पौडेल, उपराष्ट्रपति रामसहाय प्रसाद यादव र प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा विदाइ गरे ।
राष्ट्रपति पौडेलको औपचारिक निमन्त्रणामा थानी राजकीय भ्रमणका लागि मंगलबार काठमाडौं आएका थिए । कतारका राजा नेपाल आएका दिन राष्ट्रपति पौडेललाई भेटेका थिए ।
बुधबार बिहान प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसंग भेटवार्ता गरेका थिए । उनको स्वागतमा पनि राष्ट्रपति, उपराष्ट्रपति र प्रधानमन्त्री विमानस्थलमा पुगेका थिए ।