१२ वैशाख काठमाडौँ । पोखराको चाउथेमा बसले ठक्कर दिँदा १९ वर्षीया एक किशोरीको मृत्यु भएको छ । पोखराको पोखरा महानगरपालिका वडा न १४ को चाउथेमा गएराती बसले स्कुटरलाई ठक्कर दिँदा १९ वर्षीया खुसी प्रधानको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ ।
पोखराबाट काठमाडौँतर्फ जाँदै गरेको बा१प १३३८ नम्बरको बसले सोही दिशातर्फ जाँदै गरेको ग२४प ३२९५ नम्बरको स्कुटरलाई ठक्कर दिदाँ किशोरीको मृत्यु भएको कास्की प्रहरीका सूचना अधिकारी डीएसपी वसन्तकुमार शर्माले जानकारी दिए ।
ठक्करबाट पोखरा सिमलचौरकी २१ वर्षीया दिपीका गुरुङ घाइते भएको डीएसपी शर्माले बताए । घाइते गुरुङको पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार भइरहेको छ । घटना सम्बन्धी थप अनुसन्धान भई रहेको पोखरा प्रहरीले बताए ।