Logo

बिहिवार, कार्तिक १३ गते २०८३

गण्डकी प्रदेश स्तरीय भलिबलको उपाधि पुरुषतर्फ नवलपुर र महिलातर्फ पर्वतलाई

गण्डकी प्रदेश स्तरीय भलिबलको उपाधि पुरुषतर्फ नवलपुर र महिलातर्फ पर्वतलाई

जोईन खबर

१२, बैशाख २०८१
  • 1.2K
    SHARES
  • गण्डकी प्रदेश स्तरीय भलिबलको उपाधि पुरुषतर्फ नवलपुर र महिलातर्फ पर्वतलाई

    १२ वैशाख काठमाडौँ । गोरखा बारपाक सुलिकोट गाउँपालिकाको बारपाकमा भएको गण्डकी प्रदेश स्तरीय भलिबलको उपाधि पुरुषतर्फ नवलपुर र महिलातर्फ पर्वतले जितेको छ ।गण्डकी प्रदेशको खेलकुद परिषद र बारापाक सुलीकोट गाउँपालिकाको  सहकार्यमा प्रतियोगिता आज बुधबार समपन्न भएको हो ।

    images

    jit1.jpg

    images
    images
    images

    उक्त खेलमा नबलपुरले स्याङजालाई ३–२ को सेटमा जितेर उपाधिसँगै नवरपुरले नगद रु  एक लाख रुपैयाँ पुरस्कार पाएको हो । उपविजेता स्याङ्जाले नगद रु ७५ हजार रुपैयाँ पाएको थियो । खेलमा तेस्रो स्थान म्याग्दीले नगद रु ५० हजार रुपैयाँ पुरस्कार  हात पारेको छ ।

    jit6.jpg

                         उपविजेता म्याग्दी पुरस्कार वितरण

    प्रतियोगितामा नवलपुरका सर्भर किरणबहादुर गाहा, रिसिभर नबलपुरका रिमबहादुर चौधारी, सर्भर म्याग्दीका देबेन्द्र बुढा, स्याङजाका स्याङ थापा डिफिन्डर र उत्कृष्ट प्रशिक्षक नवलपुरका रामनारायण महतो हुनुभयो । उत्कृष्ट खेलाडीको पुरस्कार नबलपुरका हिमाल सुनारीले पाउनुभयो । 

    jit2.jpg

    यस्तै महिलातर्फ पर्बतले म्याग्दीलाई हराउँदै उपाधि जितेको हो । स्याङजा तेस्रो भएको छ । उपाधिसँगै पर्वतले एक लाख रुपियाँ पुरस्कार पायो । उपविजेता म्याग्दीले नगद रु ७५ हजार र तेस्रो स्थान स्याङ्जाले  नगद रु ५० हजार रुपैयाँ पाएको  थियो ।

    jit3.jpg

          उत्कृष्ट खेलाडीको पुरस्कार नबलपुरका हिमाल सुनारी

    उत्कृष्ट स्पाईकर डिना पुलामी मगर म्याग्दी, सेटर पर्बतकी पबित्रा मगर्, रिसिभर म्याग्दीकी रिमा कुबँर, सर्भर मनिसा एलिजा म्याग्दी, र स्याङजाकी रिजा दर्लामी मगर डिफेन्डर हुनुभयो । विजेताहरुलाई बारपाक गाउँपालिकाका अध्यक्ष बिष्णुप्रसाद भट्टले पुरस्कार प्रदान गर्नुभयो । वैशाख १० गतेबाट सुरु भएको प्रतियोगितामा वैशाख १२ गते सम्पन्न भएको हो ।

      jit7.jpg

               उपाधि पर्वतलाइ एक लाख रुपैयाँ पुरस्कार वितरण

    meme.jpg

                उपविजेता स्याङ्जा

     

    प्रकाशित मिति :बैशाख १२, २०८१ बुधवार - २१:३३:११ बजे

    जोईन खबर

    images
    images
    images
    images
    ताजा अपडेट
    धेरै पढिएको