Logo

बिहिवार, कार्तिक १३ गते २०८३

 प्रदेश मुख्यमन्त्री  कँडेलले आज विश्वासको मत लिँदै

 प्रदेश मुख्यमन्त्री  कँडेलले आज विश्वासको मत लिँदै

जोईन खबर

१३, बैशाख २०८१
  • 625
    SHARES
  •  प्रदेश मुख्यमन्त्री  कँडेलले आज विश्वासको मत लिँदै

    १३ वैशाख काठमाडौा । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले आज विश्वासको मत लिँदै छन् । मुख्यमन्त्रीले विश्वासको मत लिने प्रयोजनका लागि अपराह्न ३ बजे प्रदेश सभाको बैठक बोलाइएको छ ।दुई सातापछि गठबन्धनमा मन्त्रालयको भागबन्डा मिलाएर विश्वासको मत लिन लागेका हुन् ।

    images

    भागबन्डा मिलेपछि बुधवार मात्रै मुख्यमन्त्री कँडेलले माओवादी केन्द्रका रणसिंह परियारलाई विना विभागीय मन्त्री नियुक्त गरे । माओवादी केन्द्रले मुख्यमन्त्री कँडेललाई विश्वासको मत दिने निर्णय गरिसकेको छ ।

    images
    images
    images

    ४० सदस्यीय कर्णाली प्रदेशसभामा माओवादी केन्द्रका १३, एमालेका १० र एकीकृत समाजवादीका १ सांसद छन् । त्यस्तै, नेपाली काँग्रेसका १४, राप्रपाको १ र एक जना स्वतन्त्र सांसद छन् । मुख्यमन्त्री कँडेललाई विश्वासको मत लिन २१ सांसदको समर्थन आवश्यक पर्छ ।

    माओवादी केन्द्रले समर्थन गरेपछि कँडेलले विश्वासको मत पाउने लगभग निश्चित भइसकेको छ ।कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले आज विश्वासको मत लिँदै छन् । 

     

    प्रकाशित मिति :बैशाख १३, २०८१ बिहिवार - १०:४५:१८ बजे

    जोईन खबर

    images
    images
    images
    images
    ताजा अपडेट
    धेरै पढिएको