१३ वैशाख काठमाडौँ । आज बिहीबार सुनचाँदीको मूल्य घटेर कारोवार भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुन प्रतितोला एक लाख ३५ हजार ८०० रुपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख ३५ हजार १५० रुपैयाँमा खरिद बिक्री भइरहेको छ ।
आज सुनको मूल्य प्रतितोला २०० रुपैयाँले घटेको छ भने चाँदीको मूल्य १५ रुपैयाँले सस्तिएको हो ।
हिजो बुधबार छापावला सुन एक लाख ३६ हजार र तेजाबी सुन एक लाख ३५ हजार ३५० रुपैयाँमा कारोबार भएको संघले जनाएको छ ।चाँदीप्रतितोला १५ रुपैयाँले घटेर एक हजार ६५५ रुपैयाँमा किनबेच भइरहेको छ । चाँदी हिजो बुधबार एक हजार ६७० रुपैयाँमा किनबेच भएको संघले जनायो ।