१३ वैशाख काठमाडौँ ।गोरखा बजारबाट आरुघाट तर्फ इट्टा बोकेर जाँदै गरेको टिप्पर दुर्घटना भएको छ । आज मध्यपहाडी लोकमार्ग घ्याम्पेसाल–आरुघाट सडकखण्डमा टिप्पर दुर्घटना हुँदा चार जना घाइते भएका छन् ।
घाइतेहरुको आरुघाट स्वास्थ्यचौकीमा उपचार भइरहेको जिल्ला ट्राफिक इन्चार्ज वरिष्ठ नायव निरिक्षक शिवप्रसाद पाठकले बताए । उक्त घटनामा घाइते चार मध्ये एक जनाको अवस्था गम्भिर रहेको जिल्ला ट्राफिक प्रहरी कार्यालय गोरखाले जनाएको छ ।
आज करिब बिहान ११ बजे गोरखाबाट आरुघाट तर्फ इट्टा बोकेर जाँदै गरेको ना ८ ख ५९३६ नम्वरको टिप्पर अनियन्त्रित भई सडकमै पल्टिएर दुर्घटना भएको स्थानियहरुले भनाइ छ ।
यस टिप्पर दुर्घटना गोरखाको भीमसेन थापा गाउँपालिका वडा न ३ डाँडवेशीमा दुर्घटना भएको एक स्थानियले बताए । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।