१४ वैशाख काठमाडौँ । महिलाहरुलाई सक्षम र सवल बनाउने उदेश्यका साथ ५ दिने उद्घोषण तालिम सम्पन्न भएको छ । उत्तरी गोरखाको धार्चे गाउँपालिकामा पाँच दिने आधारभूत उद्घोषण तालिम हिजो सम्पन्न भएको हो।गाउँपालिकाको यस चालु आथिक बर्षको महिला सशक्तीकरण कार्यक्रम अन्तरगत आइतवारबाट तालिम शुरु भएको थियो ।

तस्विर : राज गोर्खाली
गाउँपालिकाका महिला जनप्रतिनिधी र आमा तथा महिला समूहका पदाधिकारीको नेतृत्व बिकासका लागि बोल्ने सिपको बिकास गर्ने उदेश्यले तालिम संचालन गरिएको प्रमुख प्रशासकीय अधिकृत काजिमान सुनारले बताउनु भयो। उक्त आयोजित तालिमको सहजकीरण ड्रिम प्वइन्ट एजुकेशनल एण्ड ट्रेनिङ इन्स्टिच्यूट प्रालिका अध्यक्ष शंकरकुमार प्रधानले गर्नु भएको थियो ।
तस्विर : राज गोर्खाली
यसै ५ दिने तालिमको समापन हिजो एक कार्यक्रमका बीच गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत काजिमान सुनारको अध्यक्षता तथा गाउँपालिका उपाध्यक्ष सुनिला गुरुङको प्रमुख अतिथ्यतामा भएकाे कार्यक्रम तालिम लिनेहरूलाइ प्रमाणपत्र वितरण गरि समापन गरिएको थियो ।