१४ वैशाख काठमाडौँ । गोरखाको गोरखा अस्पतालमा दूरबीनको साहेतबाट महिलाको पाठेघर निकाल्ने सफल शल्यक्रिया भएको छ।पाठेघर निकाल्ने सफल शल्यक्रिया गोरखाकै भीमसेन थापा गाउँपालिका वडा न १ की ३८ वर्षिया महिलाको सफल शल्यक्रिया गरिएको अस्पतालले जनाएको छ ।
केही महिनादेखि तल्लो पेट दुखिरहेको भनी उपचारका लागि गोरखा अस्पताल आएकी ती महिलाको भिडियो एक्स–रे गर्दा पाठेघरमा १० सेन्टिमिटरको ट्युमर देखिए पछि विशेषज्ञ चिकित्सकहरूको सल्लाह अनुसार पाठेघरको शल्यक्रिया गर्नुपर्ने भएकोले ल्याप्रोस्कोपिक सर्जरी अर्थात् दूरबिनको माध्यमबाट पाठेघर र ट्युमर दुबै निकाल्न सफल भएसंगै अहिले बिरामीको अवस्था सामान्य रहेकोअस्पताल प्रशासनले जनाएको छ।
सफल शल्यक्रिया डाक्टर राजन महत, डाक्टर विश्वराज खड्का र एनेस्थेसियालोजिस्ट डाक्टर शम्भु अधिकारीको समूहले जिल्लामा नै पहिलो पटक शल्यक्रिया सफल बनाएको अस्पतालले बताएको छ ।