Logo

बिहिवार, कार्तिक १३ गते २०८३

कर्पोरेट बास्केटबल आगामी शनिवार र आइतबार हुने

कर्पोरेट बास्केटबल आगामी शनिवार र आइतबार हुने

जोईन खबर

१४, बैशाख २०८१
  • 700
    SHARES
  • कर्पोरेट बास्केटबल  आगामी  शनिवार र आइतबार हुने


    १४ वैशाख काठमाडौँ । गेटसेटगेमको आयोजनामा आगामी शनिवार र आइतबार न्युब्यालेन्स थ्री एक्स थ्री कर्पोरेट बास्केटबल प्रतियोगिता आयोजना हुने भएको छ ।माम्बा स्पोर्ट्स सेन्टरमा यही अप्रिल २७ र २८ तारिखमा हुने प्रतियोगितामा पुरुषतर्फ १४ र महिलातर्फ ४ टिमको सहभागिता हुनेछ ।

    images

    पुरुषतर्फ लिगकम नकआउट र महिलातर्फ सिंगल राउण्ड रोविनका आधारमा खेल खेलाइने प्रतियोगिताको निर्देशक श्रेया खड्काले जानकारी दिइन् ।कर्पोरेट क्षेत्रमा लागेकाहरुलाई खेलकुदको मनोरञ्जन दिने र रिक्रिएसनका लागि यस प्रतियोगिता गर्न लागेको आयोजकले जनाएको छ ।

    images
    images
    images

    प्रतियोगितालाई नेपाल बास्केटबल संघ (नेबा) ले पनि सहयोग गरेको छ । यस्तै अन्य सहयोगीमा जी क्याफे, भाटभटेनी, न्युट्रब्लेन्ड, एरोज सोलुसन, सुश्री मिडिया तथा हाइड्रेसन पार्टनर अक्वाफिना, फुट पार्टनरमा पेप पिजा छन् ।रमोसन पार्टनर एड्भेन्चर डिजिटल रहेको छ ।

    प्रतियोगितामा पुरुषतर्फ एकबाना सोलुसन्स, एजाइल सोलुसन्स, एफ वान सफ्ट ग्रुप, क्विनीभर्स, डोग्मा ग्रुप, क्लाउड फ्याक्ट्री, नेपाल इनभेष्टमेन्ट मेगा बैँक, भाटभटेनी, पेपे पिजा, हिमालयन जाभा, इजी सर्भिस, लोगो प्वाइन्ट, आइएमई पे र स्वीफ्ट टेक्नोलजी छन् ।
    यस्तै महिलातर्फ नेपाल इनभेष्टमेन्ट मेगा बैँक, क्विनीभर्स र आइएमई पे सहित रेडक्ट नेपाल छन् ।

    प्रकाशित मिति :बैशाख १४, २०८१ शुक्रवार - ११:४४:३० बजे

    जोईन खबर

    images
    images
    images
    images
    ताजा अपडेट
    धेरै पढिएको