Logo

बिहिवार, कार्तिक १३ गते २०८३

दुर्घटनामा घाइते भएका महेन्द्र भट्टराईलाई नेपाली सेनाको हेलिकप्टरद्वारा अन्नपूर्ण न्यूरो अस्पतालमा रिफर गरियो 

दुर्घटनामा घाइते भएका महेन्द्र भट्टराईलाई नेपाली सेनाको हेलिकप्टरद्वारा अन्नपूर्ण न्यूरो अस्पतालमा रिफर गरियो 

जोईन खबर

१४, बैशाख २०८१
  • 937
    SHARES
  • दुर्घटनामा घाइते भएका महेन्द्र भट्टराईलाई नेपाली सेनाको हेलिकप्टरद्वारा अन्नपूर्ण न्यूरो अस्पतालमा रिफर गरियो 

    १४ वैशाख काठमाडौँ । गोरखाको मध्यपहाडी लोकमार्ग घ्याम्पेसाल–आरुघाट सडकखण्डको ओख्लेमा हिजो भएको टिप्पर दुर्घटनामा परी गंभिर घाईते भएका महेन्द्र भट्टराईलाई थप उपचारको लागि हेलिकप्टरद्वारा काठमाडौँ रफिर गरिएको छ । दुर्घटना पछि आरुघाटको स्वास्थ्य चौकीमा सामान्य उपचार गरि  भट्टराईलाई हिजै साँझ नै काठमाडौँ को अन्नपूर्ण न्यूरो अस्पतालमा भर्ना गरीएको जिल्ला प्रहरी कार्यालय गोरखा प्रहरी सूचना अधिकारी रमेशकुमार श्रेष्ठले जानकारी दिनुभयो ।

    images

    दुर्घटना पछि घटनास्थलमा पुगेका प्रहरीका अनुसार उक्त टिप्पर बिरगञ्जदेखी  ईट्टा बोकेर आरुघाट तर्फ जादै गरेको ना।८ ख ५९३६ नम्बरको टिप्पर दुर्घटनामा परेको हो ।

    images
    images
    images

    टिप्परसडकबाट २० मिटर तल खसेर सडकमा नै बजारिदा घाइते हुनेमा  भिमसेन थापा गाउँपालिका–२ तान्द्राङ ओख्लेका ४३ बर्षिय महेन्द्र भट्टराई, टिप्परका चालक कलैया नगरपालिका २१ बर्षिय रोशन यादव, बारा अमरीया घर भएका २६ बर्षका सहचालक रामविश्व पासवान र भिमसेन थापा गाउँपालिका–२ ओख्लेकी ४० बर्षिया गंगा लामिछाने घाइते भएको प्रहरीले बताए । घाइते चार जना मध्य एकजना  महेन्द्र भट्टराई, गंभिर घाईते भएका थिए ।

    उनको आरुघाट स्वास्थ्य चौकीमा सामान्य उपचार पछी नेपाली सेनाको हेली मार्फत थप उपचारको लागि काठमाडौँ लगिएको हो ।घाइते  भट्टराईका टाउकोमा रगत जमेकोले औषधी चलाईएको र औषधीले रगत नफाँटे अप्रेशन गनुपर्ने अन्नपूर्ण अस्पताल प्रशासनले जानकारी दिएको छ ।

    प्रकाशित मिति :बैशाख १४, २०८१ शुक्रवार - १४:५४:२९ बजे

    जोईन खबर

    images
    images
    images
    images
    ताजा अपडेट
    धेरै पढिएको