१४ वैशाख काठमाडौँ । हिमाल आरोहणको व्यवस्थापनका लागि सरकारले ७७ जना सम्पर्क अधिकृत तोकेको छ ।पर्यटन विभागका अनुसार सन् २०२४ को वसन्त ऋतुका लागि पर्यटन मन्त्रालय र अन्तर्गतका निकायबाट कुल ४८ जना कर्मचारीलाई सम्पर्क अधिकृतका रूपमा खटाएको छ ।
आरोहण सम्पन्न नभएसम्म उनीहरू सोही शिविरमा बसेर सरकारी प्रतिनिधिका रुपमा आरोहण व्यवस्थापनमा सहयोग गर्नुपर्ने दायित्व छ ।यस पटक सरकारले सगरमाथा आधार शिविरमा फिल्ड कार्यालय प्रमुखका रुपमा नापी विभागका खिमलाल गौतमलाई खटाएको छ ।
पर्यटन मन्त्रालयभन्दा बाहेकका निकायबाट खटाइएका धेरै जसो कर्मचारी फिल्डमा नपुगेको विभागको विवरणमा उल्लेख छ । २७ वटा हिमालमा ९४ टोलीका ८५९ जनाले आरोहण अनुमति लिएका छन् ।जसमध्ये सबैभन्दा धेरै सगरमाथामा ३६ टोलीका ३८८ जनाले आरोहण अनुमति लिएको विभागले जनाएको छ ।