१४ वैशाख काठमाडौँ । आँबुखैरेनी सडकखण्ड अन्तर्गत गोरखाको १४ किलो मा मोटरसाइकल दुर्घटना हुदाँ एक जनाको मृत्यु भएको छ ।
गोरखाको गोरखा नगरपालिका वडा नं ११ स्थित १४ किलोमा दिउँसो गोरखाबाट बाह्रकिलो तर्फ जाँदै गरेको ग १३ प ९३२५ नंम्बरको मोटरसाईकल अनियन्त्रित भई सडकबाट करिब २० मिटर तल खस्दा उपचारको क्रममा चालकको मृत्यु भएको हो ।
दुर्घटनामा मृत्यु हुनेपालुङटार नगरपालिका–१० मिरकोटका ४५ वर्षीय अशोक गहतराजको मृत्यु भएको जिल्ला प्रहरी कार्यलय गोरखाका प्रहरीले जनाएको छ। दुर्घटनामा गम्भीर घाइते भएका गहतराजको गोरखा अस्पतालमा उपचारको क्रममा मृत्यु भएको गोरखा प्रहरी डिएसपी रमेश कुमार श्रेष्ठले जानकारी दिए ।
मृतक अशोक गहतराज पालुङटार नगरपालिका- १० मिरकोट धौखोलका स्थायी बसोबासी भएता पनि केही वर्षदेखि सिरानचोक गाउँपालिका– ७ नयाँ साघुमा सुनचाँदी व्यवसाय गर्दै आउनुभएको थियो।मोटरसाइकलमा आफ्नै श्रीमान श्रीमाती सवार गरेका थिए ।उक्त घटना तीब्र गतिमा रहेको मोटरसाइकल अनियन्त्रित भएर दुर्घटनामा परेको प्रहरीले बताए ।