१४ वैशाख काठमाडाैँ । तुलसीपुरमा कक्षा १२ को परीक्षा केन्द्रमा परीक्षार्थीले मोबाइल लगेको र फेसबुक म्यासेन्जर ग्रुपमा प्रश्न पत्र पठाएर उत्तर समेत राखिएको पाइएको छ । उक्त ग्रुपमा आएको जवाफ परीक्षार्थीले उत्तर पुस्तिकामा सहजै सारेका छन् ।
अनुगमन क्रममा उपमहानगरले सबैभन्दा धेरै मोबाइल महेन्द्र मावि केन्द्रबाट बरामद गरेको छ । त्यहाँ पब्लिक ज्ञानज्योति माविका विद्यार्थीले परीक्षा दिइरहेका छन् ।साे माविका विद्यार्थीबाट अनुगमन टोलीले १ सय २८ थान मोबाइल बरामद गरेको छ ।
हिमाल एकेडेमी केन्द्रबाट २१ थान मोबाइल फेला पारेको छ । हिमालमा तुलसी आवासीय मावि,महेन्द्र मावि,पशुपति मावि र सहिद स्मृति मावि सहित चार विद्यालयका विद्यार्थीले परीक्षा दिइरहेका छन् । Nepal Press