१५ वैशाख काठमाडौँ । इलाममा २ मा शान्तिपूर्ण रूपमा मतदान जारी भइ रहेको छ । आज बिहान सात बजेदेखि सुरु भएको मतदानमा एक बजेसम्म ४२ प्रतिशत मात्रै मत खसेको छ ।
बिहानको तुलनामा अहिले मतदान केन्द्रहरूमा भिडभाड बढेको इलामका मुख्य निर्वाचन अधिकृत केशव प्रसाद घिमिरेले बताए । उनले अहिलेसम्म ४२ प्रतिशत मत खसेको प्रारम्भिक जानकारी आएको बताए ।बिहान भन्दा अहिले मतदान केन्द्रहरूमा मतदाताको भिड बढ्न थालेको छ ।
उनले भने,’ यो सङ्ख्या अझै बढ्छ भन्ने अनुमान छ ।इलाम क्षेत्र नम्बर २ मा एक लाख १५ हजार आठ सय ८९ मतदाता रहेका छन् ।