Logo

बिहिवार, कार्तिक १३ गते २०८३

आज बाट आम जनता पार्टी र समाजवादी जनएकता पार्टी नेपालबीच एकता

आज बाट आम जनता पार्टी र समाजवादी जनएकता पार्टी नेपालबीच एकता

जोईन खबर

१५, बैशाख २०८१
  • 661
    SHARES
  • आज बाट आम जनता पार्टी र समाजवादी जनएकता पार्टी नेपालबीच एकता

    १५ वैशाख काठमाडौँ । आज बाट आम जनता पार्टी र समाजवादी जनएकता पार्टी नेपालबीच एकता भएको छ । आम जनता पार्टीका अध्यक्ष प्रभु साह र समाजवादी जनएकता पार्टीका संयोजक नारायण श्रेष्ठबीच आज एक आयोजित कार्यक्रममा पाँच बुँदे पार्टी एकता पत्रमा हस्ताक्षर भएको छ ।

    images

    दुवै पार्टीबीच भएको एकताको आधार पत्रमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय परिस्थितिको बुझाइ, जनजीविकाका सवाल तथा शोषित, दमित र उत्पीडित वर्ग एवं समुदायका हकहितको विषयमा सँगसँगै जान सकिने धरातल स्पष्ट रहेको उल्लेख छ ।

    images
    images
    images

    विद्यमान दलीय शासन प्रणाली, दलभित्र ठूला दलको भूमिका र वर्तमान बुझाइमा पनि दुई दलको एउटै दृष्टिकोण रहेको जनाउँदै जनताको शासन कायम गर्न देशभक्त, प्रगतिशील अग्रगामी शक्ति एकजुट भई अगाडि बढ्नुपर्ने निष्कर्षमा पुगेको सहमतिपत्रमा उल्लेख छ ।

    सहमति पत्रमा पार्टी एकता पश्चात् प्रभु साहको नेतृत्वमा आम जनता पार्टी रहने उल्लेख छ ।अग्रगामी सोच(विचारका लोकप्रिय व्यक्ति, समूह, सङ्गठन र शक्तिबीच योजनाबद्ध वार्ता, संवाद र सहकार्यमार्फत निकट भविष्यमा थप वृहद ध्रुवीकरण एवं एकतालाई नयाँ उचाइमा पुर्‍याउन सङ्कल्पित रहने पनि सहमतिपत्रमार्फत जानकारी दिइएको छ । रासस

     

    प्रकाशित मिति :बैशाख १५, २०८१ शनिवार - २२:३६:३९ बजे

    जोईन खबर

    images
    images
    images
    images
    ताजा अपडेट
    धेरै पढिएको