१६ वैशाख काठमाडौँ । सरकारले स्वदेशी तथा विदेशी लगानी भित्राउन तेस्रो लगानी सम्मेलन आजदेखि सुरु गरेको छ । सम्मेलन प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्डद्वारा उद्घाटन गरी काठमाडौँको सोल्टी होटलमा भइरहेको हो ।
सम्मेलनमा नेपालसहित ५५ देशका १६ सयभन्दा बढी लगानीकर्ताको सहभागिता रहेको छ । सोमबारसम्म हुने सम्मेलनमा स्थानीय, प्रदेश, सङ्घ र निजी क्षेत्रका समेत गरी १ सय ५१ परियोजना सरकारले प्रस्तुत गर्दै छ । लगानी बोर्डका अनुसार सम्मेलनमा ९ खर्ब बराबरका आयोजनाहरू प्रस्तुत हुनेछन् ।

सम्मेलनमा ऊर्जा, यातायात, खानी तथा खनिज, पर्यटन, उत्पादन, औद्योगिक पूर्वाधार तथा व्यापार, स्वास्थ्य तथा शिक्षा लगायत विविध क्षेत्रका परियोजना प्रस्तुत गर्ने तयारी छ ।
सम्मेलनमा आइतबार पहिलो दिन उद्घाटनपछि दुई वटा मुख्य सत्र हुनेछन् भने सोमबार ११ वटा समानान्तर सत्र सञ्चालन गर्ने तयारी छ ।