Logo

बिहिवार, कार्तिक १३ गते २०८३

१ मे २०२४ देखि नेपाली नागरिकलाई चिनियाँ भिसा निःशुल्क

१ मे २०२४ देखि नेपाली नागरिकलाई चिनियाँ भिसा निःशुल्क

जोईन खबर

१६, बैशाख २०८१
  • 652
    SHARES
  • १ मे २०२४ देखि नेपाली नागरिकलाई चिनियाँ भिसा निःशुल्क

    १६ वैशाख काठमाडौँ । अब  चीनले नेपाली नागरिकहरुलाई चनि जान भिसा निःशुल्क गर्ने भएको छ । यही आउदो १ मे २०२४ देखि नेपाली नागरिकबाट चिनियाँ भिसा शुल्क नलिने निर्णय गरेको नेपालस्थित चिनियाँ दूतावासले जनाएको छ ।

    images

    नेपालका लागि चिनियाँ राजदूत छन सङले दुई देशबीचको सम्बन्धलाई प्रवर्द्धन गर्न र सेवालाई थप सहज बनाउन यस्तो निर्णय लिइएको जानकारी दिएका छन् । दूतावासका अनुसार नियमित भिसा शुल्क नलागे पनि एक्सप्रेस शुल्क र सेवा शुल्क भने लिइने छ ।

    images
    images
    images

    चिनियाँ दूतावासले नियमित, एक्सप्रेस-१ र एक्सप्रेस-२ भिसाका लागि शुल्क लिने गरेको थियो । नियमित शुल्क अब लाग्ने छैन । दूतावासले एक्सप्रेस-१ का लागि ४०० र एक्सप्रेस-२ का लागि २ हजार ७०० रुपैयाँ लिने छ । यसैगरी ग्रुप भिसातर्फ एक्सप्रेस-१ का लागि २ हजार र एक्सप्रेस-२ का लागि १ हजार ३५० रुपैयाँ लाग्ने दूतावासले जनाएको छ ।

    यसैगरी भिसा सेन्टरले नियमित भिसाका लागि सेवा शुल्कवाफत् ३ हजार ९०० रुपैयाँ लिनेछ । एक्सप्रेस–१ का लागि ७ हजार ८०० र एक्सप्रेस-२ का लागि ५ हजार ८५० रुपैयाँ तोकिएको छ ।

     

    प्रकाशित मिति :बैशाख १६, २०८१ आइतवार - १४:४६:५८ बजे

    जोईन खबर

    images
    images
    images
    images
    ताजा अपडेट
    धेरै पढिएको