Logo

बिहिवार, कार्तिक १३ गते २०८३

नेपालले वेष्ट इण्डिज ए विरुद्व २० आभरमा १० रनले पराजित, अब फेरी तीन खेल बाकी

नेपालले वेष्ट इण्डिज ए विरुद्व २० आभरमा १० रनले पराजित, अब फेरी तीन खेल बाकी

जोईन खबर

१६, बैशाख २०८१
  • 745
    SHARES
  • नेपालले वेष्ट इण्डिज ए विरुद्व २० आभरमा १० रनले पराजित, अब फेरी तीन खेल बाकी

    १६ वैशाख काठमाडौँ । टी —२० खेलमा घरेलु टोली नेपाललाई  वेष्ट इण्डिज ए ले आजको दोस्रो  खेलमा  २० आभरमा १० रनले हराएको छ । त्रिवि क्रिकेट मैदानमा टस जितेर पहिला ब्याटिङ रोजेको वेष्ट इण्डिज ए ले २० ओभरमा ७ विकेट गुमाउँदै १६० रन बनाएको थियो ।  १६१ रनको लक्ष्य पछ्याएको नेपालले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै १५० रन मात्र बनाउको थियो ।

    images

    उक्त खेलमा नेपालका रोहित पौडेलले  ७१ रन,गुल्सन झाले २६ रन ,लोकेश बमले १७ रन,ओपनर अनिल शाह १, कुशल मल्ल शून्य, आरिफ शेख १२ र दीपेन्द्रसिंह ऐरी ३ रनमा आउट भएका थिए ।

    images
    images
    images

    यसै गरी वेष्ट इण्डिजका ओबेद म्याककोयले  २ विकेट ,गुडाकेश मोतीले २ विकेट, ओशान थोमस र रोस्टन चेशले १-१ विकेट लिए ।अन्तिम ओभरमा नेपाललाई १७ रन जित्नलाई चाहिएको थियो ।  पहिलो बल योर्करमा डट र दोस्रो बल फिल्डरको गल्तीमा स्टेटमा चौका भएको थियो । तेस्रो बलमा आकाश चन्द दुई रन लिन दौडिँदा रन आउट भए ।

    त्यसअघि वेष्ट इण्डिजका आन्द्रे फ्लेचरले  ४३ रन, स्पिन अलराउन्डर गुडाकेश मोतीले ३३ रन जोड्दै प्रतिस्पर्धात्मक योगफल तयार पारे । म्याथ्यु फर्डले ११ रनमा नट आउट रहे ।रोस्टन चेस, २२ बलमा २ चौका र १ छक्कासहित २३, केसी कार्टी १०, किमो पल ८ र हेयडन वाल्स ९ रनमा आउट भए । अन्तिम २ ओभरमा वेस्टइन्डिजले ४१ रन जोडेको थियो ।

    नेपालका स्पिनर सागर ढकालले ४ ओभरमा १९ रन खर्चेर २ विकेट लिए । कुशल भुर्तेलले ४ ओभरमा २२ रन खर्चेर २ विकेट लिए । सोमपाल कामी र दीपेन्द्रसिंह ऐरीले १–१ विकेट लिए ।पाँच खेलको सिरिजमा नेपाल १–० ले अघिछ । पहिलो खेलमा नेपाल ४ विकेटले विजयी भएको थियो । तेस्रो खेल बुधबार, चौथो खेल बिहीबार र अन्तिम खेल शनिबार हुनेछ ।

    प्रकाशित मिति :बैशाख १६, २०८१ आइतवार - १६:१५:२५ बजे

    जोईन खबर

    images
    images
    images
    images
    ताजा अपडेट
    धेरै पढिएको