१६ वैशाख काठमाडौँ । बझाङमा प्रदेश सभा क्षेत्र नम्बर १ को ९१० मा एमालेका दमन भण्डारीले दोब्बर मतान्तरले अग्रता कायम राखेका छन्।
छविसपाथिभेरा गाउँपालिकाको १, २, ३ र ४ वडामा मतगणना गर्दा एमालेका भण्डारीले अग्रता लिएका छन्।
अग्रता लिएका भण्डारीले १ हजार ३०३ मत ल्याउँदा कांग्रेसका अभिषेकबहादुर सिंहले ६५६ मत पाएका छन्। माओवादीका जनक बुढाले ४०१ मत नेकपा एकीकृत समाजवादीका दिल बहादुर सिंहले ३६९ मत पाएका छन्।
बझाङमा भएको उपनिर्वाचनमा ३० हजार ३ सय २८ जनाले मतदान गरेका छन्। थप परिमाण आउन बाकी छ ।