१७ वैशाख काठमाडौँ । गाउँपालिकाको गरिवी निवारणका लागि लघु उद्यम विकास कार्यक्रम अन्तरगत गएको चैत्र २५ गतेबाट गलैँचा तालिम शुरु गरिएको छ । उक्त तालिम उत्तरी गोरखाको चुमनुव्री गाउँपालिका वडा न –६ चुम्लिङमा तालिम संचालन भइरहेको हो ।
यस गाउँपालिकाले महिलाहरुको जिविकोपार्जनमा सहयोग पु¥याउने उद्देश्यका साथ स्थानीय स्तरमै गलैचा उत्पादन गरि बिक्रि वितरण गर्ने तयारीले तालिम दिएको वडाध्यक्ष सरोज लामाले बताए ।एक महिनासम्म चल्ने तालिममा २२ जना महिलाहरुको सहभागीता रहेको छ ।
हाम्रो यहाँ धेरै काममा गलैँचा प्रयोग हुन्छ तर, पछिल्लो समय गलैँचा यहाँ उत्पादन नभएर तल्लो क्षेत्रबाट किनेर ल्याउदा धेरै पैसा तिरेर किने पनि भएजस्तो राम्रो पनि नहुने रहेछ । स्थानीय उत्पादनलाई बढाउने र आयातलाई घटाउने उद्देश्यले यो तालिमको आयोजना गरेको उनले बताए ।
तालिममा बृद्धि लामाले सहजिकरण गरेका छन् । गलैचा बुन्ने तालिमसँगै सिलाई बुनाइ तालिम पनि संचालन भइरहेको लामाले बताए ।