१७ वैशाख काठमाडौँ । आज सोमबार सुनको मूल्य घटेयो भने चाँदीको मूल्य बढेर कारोवार भएको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुन एक लाख ३७ हजार २०० रुपैयाँ र तेजावि सुन प्रतितोला एक लाख ३६ हजार ५५० रुपैयाँमा खरिद बिक्रि भई रहेको छ । आज सुनको मूल्य प्रतितोला ४०० रुपैयाँले घटेको छ भने चाँदीको मूल्य ५ रुपैयाँले बढेर खरिद बिक्रि भएको हो ।
हिजो बजारमा छापावाला सुन एक लाख ३७ हजार ६०० रुपैयाँ र तेजावी सुन प्रतितोला एक लाख ३६ हजार ९५० रुपैयाँमा खरिद बिक्रि भएको थियो । चाँदी तोलामा ५ रुपैयाँले बढेर प्रतितोला एक हजार ६६५ रुपैयाँमा खरिद बिक्रि भई रहेको छ ।
आज सुन मूल्य घटेयो र चाँदीको मूल्य बढेयो,दुवैको प्रतितोला कतिमा कारोवार हुदैछ
यस दिन चाँदीको मूल्य बढेको छ ।हिजो चाँदीको मूल्य एक हजार ६६० रुपैयाँमा किनबेच भएको हो ।