Logo

बिहिवार, कार्तिक १३ गते २०८३

प्रथम एलिट प्रशिक्षक तालिम खेलकुद परिषद्का सदस्य–सचिव टंकलाल घिसिङद्वारा उद्घाटन

प्रथम एलिट प्रशिक्षक तालिम खेलकुद परिषद्का सदस्य–सचिव टंकलाल घिसिङद्वारा उद्घाटन

जोईन खबर

१७, बैशाख २०८१
  • 643
    SHARES
  • प्रथम एलिट प्रशिक्षक तालिम खेलकुद परिषद्का सदस्य–सचिव टंकलाल घिसिङद्वारा उद्घाटन

    १७ वैशाख काठमाडौँ । राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव टंकलाल घिसिङले प्रथम एलिट प्रशिक्षक तालिमको आइतबार एक कार्यक्रमबीच उद्घाटन गरेका छन् । तालिम शनिबारदेखि सुरु भएपनि औपचारिक उद्घाटन भने आइतबार मात्र भएको हो ।नेपाल कराते महासंघको आयोजनामा भइरहेको तालिममा सातै प्रदेश र तीन विभागीय टोलीका जम्मा ४७ जनाको सहभागिता रहेको आयोजक महासंघका महासचिव दावा गुरुङले जनाएका छन् ।

    images

    सहभागीलाई करातेका संस्थापक एवं आयोजक महासंघका अध्यक्ष युवराज लामाले हिस्ट्री, डेभलप्मेन्ट एन्ड बुदो डेभलोप्मेन्ट, करातेका पूर्व प्रमुख प्रशिक्षक महेशकुमार श्रेष्ठले कराते थियोरी एन्ड प्राक्टिकल, दावा गुरुङले लिडरसिप इन कराते, कुशल श्रेष्ठले म्युजिक इन कराते ट्रेनिङ, सुलोचना सिजाख्वाले ट्रेनिङ मेथोडोलोजी र डा। शिवराज भट्टले स्पोर्ट्स साइकोलोजी बारे प्रशिक्षण दिइ रहेका छन् ।

    images
    images
    images

    सातदोबाटोस्थित कराते हलमा भइरहेको तालिम बैशाख २० गतेसम्म चल्ने छ । उद्घाटनका अवसरमा युवराज लामा र शिवराज भट्टद्वारा लिखित कराते यात्रा पुस्तकको पनि सदस्य–सचिव घिसिङले विमोचन गरेका थिए ।

    प्रकाशित मिति :बैशाख १७, २०८१ सोमवार - १२:२०:०८ बजे

    जोईन खबर

    images
    images
    images
    images
    ताजा अपडेट
    धेरै पढिएको