Logo

बिहिवार, कार्तिक १३ गते २०८३

बाँकेमा  युट्युव हरेर आफैले बनाएको घरेलु हतियार पड्केर एक जना घाइते 

बाँकेमा  युट्युव हरेर आफैले बनाएको घरेलु हतियार पड्केर एक जना घाइते 

जोईन खबर

१७, बैशाख २०८१
  • 814
    SHARES
  • बाँकेमा  युट्युव हरेर आफैले बनाएको घरेलु हतियार पड्केर एक जना घाइते 

    १७ वैशाख काठमाडौँ । जिल्ला बाँकेमा आफैले बनाएको घरेलु हतियार पड्केर एक जना घाइते भएका छन् ।गयराती बाँके राप्तिसोनारी वडा न —५ चाचरफर्काका १६ बर्षिय सचिन थारु आफैले बनाएको हतियार पड्केर घाइते भएका हुन्।

    images

     घाइतेले युट्युव हरेर काठ र फलामको घरेलु कटुवा पेस्तोल बनाई आफ्नै पाईन्ट पछाडिको गोजीमा राखेको र गोजीबाट निकाल्ने क्रममा पड्केर घाइते भएको प्रहरीले जनाएको छ । थारुको दाहिने खुट्टाको पछाडीको हिपमा छर्रा लागेर घाईते भएको बाँके प्रहरी प्रवक्ता डीएसपी नारायण डाँगीले बताए ।

    images
    images
    images


    मध्यराती घाइते भएका थारुलाई इलाका प्रहरी कार्यालय बैजापुरले उपचारको लागि मेडिकल कलेज नेपालगन्ज पठाएको र हाल प्रहरीको निगरानीमा उपचार भइरहेको डाँगीले बताए । 

    प्रकाशित मिति :बैशाख १७, २०८१ सोमवार - २१:०७:१९ बजे

    जोईन खबर

    images
    images
    images
    images
    ताजा अपडेट
    धेरै पढिएको